Sat. Nov 16th, 2024

सरकारले अब भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध गराउने

फाईल फोटो

काठमाण्डौं, २०७८ पुस ९ गते शुक्रबार । सरकारले अब भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्न घर भाडामा बस्ने व्यक्ति समेत प्राधिकरणको ग्राहक बनी छुट्टै मिटर लिन सक्ने व्यवस्था मिलाउन लागेको बताउनु भएको हो ।

मन्त्रालयका आगामी योजनाबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले ग्यास चुल्हो तथा पेट्रोलियम पदार्थको प्रयोगलाई विद्युतीय विद्युतीय उपकरणबाट विस्थापित गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

मन्त्री भुसालले विद्युतीय चुल्हो बाटा खाना पकाउन प्रयोग हुने एलपि ग्यासलाई विस्थापित गर्न सके वार्षिक ४० अर्ब भन्दा बढी राज्यको व्यापार घाटा कम गर्न सहयोग पुग्ने तथा पर्यावरणको संरक्षण लगायत बहु आयामिक फाइदा पुग्ने बताउनुभयो ।

मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत् खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको छ ।

Facebook Comments