Sat. Oct 19th, 2024

प्रतिनिधि सभाकाे अर्काे बैठक पुस ६ गते बस्ने, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोध

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । प्रतिनिधि सभाकाे १० औँ अधिवेशनकाे अर्काे बैठक एक हप्ताका लागि स्थगित भएकाे छ । आज मङ्गलवार अधिवेशनकाे पहिलाे बैठक बसेपछि अर्काे बैठक पुस ६ गते दिउँसाे १ बजेसम्मका लागि स्थगित गरिएकाे हाे ।

प्रतिनिधि सभाको आजकाे बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको थियाे । एमालेले आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै विरोध गरेको हो । यसअघिको अधिवेशनमा पनि एमालेले यही विषयलाई लिएर संसदमा अवराेध गरेको थियो ।

एमालेकाे अवराेधकै बीच आजकाे बैठकमा ६ वटा अध्यादेश पेस भएकाे छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोशाेन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेस गर्नुभयो ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीका तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेस गर्नुभयो । यस्तै यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि मन्त्री बडूले बैठकमा पेस गर्नुभयो । उज्यालो अनलाईन

Facebook Comments