Sat. Oct 19th, 2024

एमसीसीविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन, प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठीचार्ज, प्रकाण्डसहित दर्जनौँ घाइते

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । देशको केन्द्रिय राजधानी काठमाडौंमा आज मंगलबार एमसीसीविरुद्ध संसद घेराउ कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा दर्जनौँ आन्दोलनकारी घाईते भएका छन् । बबरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले लाठीचार्ज गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डसहित दर्जनौँ आन्दोलनकारी घाइते हुनुभएको छ ।

एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले प्रहरीको दमन र हस्तक्षेपका बाबजुद आज बानेश्वरस्थित संसदभवन घेराउ कार्यक्रम भव्य रुपमा सफल पारेका छन् ।

एमसीसी विरुद्धको प्रदर्शनमा गिरफ्तार हुनेहरुमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल, नेकपा नेता डबल शाह, अखिल नेपाल किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु मदन केसी, डिबी चन्द, गोविन्द बिष्ट, लोकेश जोशी, अखिल (क्रान्तिकारी) कै दयाराम लुहार, सपना पुन मगर, प्रजित विक, जनक शाही, घनश्याम खड्का, हिक्मत परियार, नवीन बिष्ट, सुवास महत, पुर्णचन्द्र खड्का, समीर थापा, प्रजिना दर्नाल, चिरायु भेटुवाल, स्मृति कार्की, राहुल भुषन विक लगायत ७५ जना गिरफ्तार हुनुभएको छ ।

प्रहरीको निषेधित क्षेत्र तोडेर अगाडि बढ्दै हजारौँ आन्दोलनकारीहरु एमसीसी विरुद्ध प्रदर्शन गर्न सफल भएका छन् । गिरफ्तार गरिएका ७५ जना प्रदर्शनकारीहरुलाई वेलुकी अवेर रिहा गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments