Sat. Oct 19th, 2024

बितेका २० वर्षमा चीनको जीडीपी विश्वको ३.६-१७ प्रतिशतसम्म

काठमाण्डौं, २०७८ मंसिर २७ गते सोमबार । कोभिड महामारीबाट विश्वको अर्थतन्त्रमा पारिएको प्रभाव रहिरहेको छ र सम्पूर्ण विश्वको आर्थिक पुनरूत्थानमा पनि गम्भीर र जटिल अवस्था देखा परिरहेको छ। यसै सन्दर्भमा डिसेम्बर ८-१० तारिखसम्म पैचिङमा आयोजित आर्थिक कार्य सम्मेलनमा चीनको अर्थतन्त्रमा दीर्घकालीन रूपमा परिवर्तन नहुने औंल्याइएको छ। चीनले आर्थिक आधारलाई बलियो बनाउँदै बैज्ञानिक प्रविधिक नविनतम क्षमतालाई बढाउँदै जाने छ। साथै चीनले बहुपक्षबादको पालना गर्दै उच्च स्तरिय खुलापनबाट अझ गहन सुधारको प्रवर्द्धन पार्दै जाने छ जसबाट उच्च गुणस्तरिय विकासलाई अघि बढाइने छ।

चालू वर्षको डिसेम्बर ११ तारिख विश्व व्यापार संगठनमा चीनको प्रवेश भएको बीसौं वार्षिकोत्सव हो। सन् २०००मा चीनको गार्हस्थ्य उत्पादित परिमाणमा (जीडीपी) संलग्न रकम ८९.४ खरब चिनियाँ युआनबाट सन् २०२०को १०१५.९८ खरबसम्म बढेको छ जुन बितेका २० वर्षमा विश्वको अर्थतन्त्रमा चिनियाँ आर्थिक परिमाणले ओगटेको भाग ३-१७ प्रतिशतसम्म बढेको छ। सीएमजी

Facebook Comments