Fri. Oct 18th, 2024

अमेरिकाको कन्टकीमा भयानक आँधी, धनजनको ठूलो क्षति, मृतकको सङ्ख्या १०० नाघ्न सक्ने

काठमाण्डौं, २०७८ मंसिर २६ गते आईतबार । संयुक्त राज्य अमेरिकाका छ वटा राज्यमा शुक्रवार राति आएको विध्वंशकारी आँधीबेहरीका कारण कम्तीमा ८३ जनाको मृत्यु भएको पुष्टि अधिकारीहरूले गरेका छन्।

त्यहाँ आँधीका कारण सम्पर्कविहीन भएका दर्जनौँ अरू मानिसलाई जीवित उद्धार गर्न सकिन्छ कि भनेर व्यापक खोजी भइरहेको छ। शुक्रवार त्यहाँ ३० वटा आँधीबेहरी आएका थिए।

प्रभावित क्षेत्रमा सहायताका लागि सरकारले यथासम्भव प्रयास गर्ने आश्वासन राष्ट्रपति जो बाइडनले दिनुभएको छ ।

कन्टकी राज्यमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको र मृतकको सङ्ख्या १०० नाघ्न सकने कन्टकीका गभर्नर एन्डी बिशिअरले बताउनु भएको छ ।

उहाँले टोर्नेडो भनिने उक्त आँधीबेहरीलाई राज्यको इतिहासकै सबैभन्दा नराम्रो भन्नु भएको छ ।

कन्टकीमा गभर्नरले सङ्कटकाल घोषणा गर्नुभएको छ । राष्ट्रपति बाइडनले शुक्रवारको आँधी अमेरिकामा आएका ठूलामध्ये एक भएको टिप्पणी गर्नुभएको छ ।

मेफील्ड सहरस्थित एउटा मैनबत्ती कारखानाभित्र दर्जनौँ मानिसको मृत्यु भएको छ। त्यहाँ कार्यरत १ सय १० जनामध्ये ४० जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो भने ६० जना अझै हराइरहेका छन्। बीबीसी

Facebook Comments