Sat. Nov 16th, 2024

राजतन्त्र पुनस्थापना राजावादीको दिवा सपना मात्रै : नेत्रविक्रम चन्द विप्लव

फाईल फोटो

काठमाण्डौं, २०७८ मंसिर २२ गते बुधबार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले समाजवादी क्रान्ति गर्न परिवर्तनकारी पार्टीहरु एक हुनुपर्ने बताउनु भएको छ । इलाममा अगुवा कार्यकर्तासँगको भेटघाटको क्रममा समाजवादी क्रान्तिले मात्रै नेपाली जनताको समस्याहरु समाधान हुने बताउनु भएको हो ।

समाजवादी क्रान्तिका लागि आधार तयार भैसकेकाले सबै परिर्वतनकारी शक्ति र क्रान्तिकारी विचार भएका पार्टीहरु एक हुनुपर्नेमा विप्लवको जोड थियो । १० वर्षे शसस्त्र जनयुद्धको जगमा नेपालमा २ सय ४० वर्ष पुरानो शक्ता समेत ढलेकाले अब देशमा फेरी राजतन्त्र पुनः स्थापना दिवा सपना भएको भन्दै माहासचिव विप्लव भन्नुभयो-‘ जनमत संग्रहनै भएपनि जनताले राजतन्त्रको पक्षमा भोट हाल्दैनन्, अब जनता समाजवादी क्रान्तिका लागि अगाडी बढ्छन् ।’ मसानघाटमा पुगेको राजसंस्थाका पक्षमा जनताले फेरी सहयोग गर्ने कुरा दिवा सपना हो-‘महासचिव विप्लवले भन्नुभयो-‘नेपाली जनताको चेतनास्तर धेरै अघि बढिसकेकाले अब समाजवादी क्रान्तिका लागि पार्टीहरुले योजना र कार्यदिशा बनाउनुपर्छ ।’

समाजवादी क्रान्ति स्थापनाका लागि हिजोका माओवादी शक्तिहरु एक भएर अघि बढ्नुपर्छ,-उहाँले भन्नुभयो-‘माओवादी शक्तिहरु एक भएर अगाडी बढे, जनता समाजवाद क्रान्तिका लागि तयार देखिन्छ ।’ अहिलेको व्यवस्था मुठ्ठिभरका पुजिवादीहरुको पक्षमा मात्रै रहकाले अब जनतामा आधारित अर्थव्यवस्था स्थापनाका लागि समाजवादसम्म पुग्नुपर्छ । हामीले समाजवादी क्रान्ति पुरा गरेपछि जनभवना अनुसार काम गर्न नसकेमात्रै जनताले पुरानै व्यवस्थामा फर्किने की भन्ने विचार गर्न सक्छन्, तर अहिले राजसंस्था फर्किन्छ भन्ने कुरा दिवा सपना भएको महासचिव विप्लवको भनाइ छ । लोकल सन्देश अनलाईन

Facebook Comments