Sat. Nov 16th, 2024

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित अन्य निर्वाचित पदाधिकारीद्वारा सपथ, कमल थापा अनुपस्थित

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक भव्य समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।

अध्यक्षले सपथ लिएपछि बाँकी पदाधिकारीले पनि शपथ लिनुभएको हो । नवनिर्वाचित पदाधिकारीबाट नवनिर्वाचित सदस्यहरूले पनि शपथ लिनुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित भए पनि अर्का निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित हुनुभएन ।

Facebook Comments