Sat. Nov 16th, 2024

सीएमजीका महानिर्देशकद्वारा अमेरिकी लोकतन्त्रको निन्दा

काठमाण्डौं, २०७८ मंसिर १९ गते आईतबार । चाईना मिडिया ग्रुप सीएमजीका महानिर्देशक शन हाइस्युङले अमेरिकी लोकतन्त्रको निन्दा गर्नुभएको छ ।

डिसेम्बर ४ तारिख राति पैचिङमा आयोजना भएको “लोकतन्त्र: समस्त मानवजातिको साझा मूल्य” शीर्षकको अन्तर्राष्ट्रिय मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै महानिर्देशक शन हाइस्युङले अमेरिकी लोकतन्त्रको निन्दा गर्नुभएको हो ।

महानिर्देशक शन हाइस्युङले अमेरिकाले आफ्नै लोकतन्त्र अरुमाथि जबरजस्ती थोपरेपछि देखिएको नराम्रो नतिजाबारे समीक्षा गर्नुका साथै विश्व लोकतन्त्रको लाइटहाउसका रूपमा मानिएको अमेरिकाको लोकतन्त्र कमजोर भएको र अमेरिकी लोकतन्त्रलाई भयंकर रोग लागेको उल्लेख गर्नुभयो।
शन हाइस्युङले भन्नुभयो, अमेरिकी सेनाले आतंकवादको निहुँमा तथाकथित सटीक प्रहार गरी परिवार गुमाएका अफ्गानिस्तानी सर्वसाधारणका हताश आँखा हेर्दा अमेरिकाले विश्वलाई लगाएको लोकतन्त्र नै यही हो कि भनेर सोच्यो कि सोचेन? अमेरिकाले किन स्वदेशमा त्यस्तै लोकतन्त्र लगाउँदैन? प्रहरीले घुँडा टेकेर मारेका फ्रायडलगायत मानिसले अमेरिकी राजनीतिज्ञले दिएको लोकतन्त्र र मानवअधिकार किन पाएका छैनन्? सीएमजी
Facebook Comments