Sat. Nov 16th, 2024

एमालेमा विशाल भट्टराई, कृष्णभक्त पोखरेल र हिराबहादुर केसीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिने सम्भावना बढ्यो

काठमाण्डौं, २०७८ मंसिर १४ गते मंगलबार । नेकपा एमालेका मुख्य सचेतक तथा खोटाङका प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, बागमती प्रदेशबाट चितवनका सांसद कृष्णभक्त पोखरेल र गण्डकी प्रदेशका नेता हिराबहादुर केसीलाई पार्टीको प्रदेश अध्यक्ष दिने लगभग पक्का भएको छ ।

चितवनको सौराहामा जारी एमालेको दशौं राष्ट्रिय अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति सार्वजनिक गर्नुभएको ३ सय १ जनाको केन्द्रीय सदस्यहरुको सूचीमा भट्टराई, पोखरेल र केसीको नाम समावेश छैन । उल्लेखित तीनैजना नेताहरुको नाम प्रस्तावित सूचिमा समावेश नभएपछि बन्दसत्रमा प्रतिनिधीहरुले मुखामुख र कानेखुशी समेत गरेका थिए ।

अध्यक्ष ओली निकट श्रोतका अनुसार विशाल भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने लगभग निश्चित जस्तै छ । सालीन र जुझारु स्वभावका भट्टराईको लागि यो मौका केन्द्रीय सदस्य प्राप्त गर्नुभन्दा कैयौं गुना वलियो हुने कार्यकर्ताहरु बताउँछन् ।

श्रोतका अनुसार नरम र स्पष्ट वक्ता तथा पार्टीका यूवानेता सांसद कृष्णभक्त पोखरेलको नाम पनि बागमती प्रदेश अध्यक्षका लागि राखिएको छ । त्यसैगरी हिराबहादुर केसीलाई गण्डकी प्रदेश अध्यक्षको जीम्मेवारी दिने विषयमा माथिल्लो तहमा छलफल भैरहेको छ ।

Facebook Comments