Fri. Oct 18th, 2024

अन्तर्राष्ट्रिय समाजद्वारा पैचिङ हिउँदे ओलम्पिक आयोजनाको समर्थन

काठमाडौंं, २०७८ मंसिर १० गते शुक्रबार । नोभेम्बर २३ तारिख नेदरल्याण्ड्सको संसदका कोही सदस्यले सरकारलाई सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा कुनै प्रतिनिधि नपठाउने प्रस्ताव प्रस्तुत गरेको थियो र मतदानमार्फत जुन प्रस्ताव पास नभएको जनाइएको छ। यस मामिलाअघि नेदरल्याण्ड्सका परराष्ट्र मन्त्री कोनापेनले कूटनैतिक उपायमार्फत पैचिङ हिउँदे ओलम्पिक खेलकुदलाई प्रतिरोध नगर्ने सुझाव दिनुभएको थियो।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले हिजो २५ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त विषयबारे भन्नुभयो, ‘खेलकुदमाथि

राजनीतिकरण गर्ने कुराले हिउँदे ओलम्पिक खेलकुदका सबै खेलाडीहरू र हिउँदे खेलका फ्यानको अपेक्षा विपरीत हुनेछ। यस बाहेक सो गतिविधिले विभिन्न मुलुकका खेलाडीहरूको हितकल्याण र अन्तर्राष्ट्रिय ओलम्पिक कार्यमा हानी पुर्याउने पनि प्रवक्ता चाउले व्यक्त गर्नुभयो। सीएमजी

Facebook Comments