Sat. Oct 19th, 2024

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

काठमाण्डौ, २०७८ मंसिर ७ गते मंगलबार । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत चयन हुनुभएको छ । उहाँ गृह जिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।

सभापति देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिनुभएको थियो । यस्तै कांग्रेस नेतृ एवम प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ ।

कांग्रेस पार्टीको विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।

Facebook Comments