Thu. Jun 11th, 2026

सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको स्थापनाबाट चीन-आशियान सम्बन्धमा नयाँ कोसेढुङगा

       

काठमाण्डौ, २०७८ मंसिर ६ गते सोमबार । नोभेम्बर २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत चीन आशियान वार्ता सम्बन्ध स्थापनाको ३० औं वार्षिकोत्सवको स्मृति शिखर सम्मेलनको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

चीनका सहायक परराष्ट्र मन्त्री वु च्याङहाउले मिडियालाई अन्तर्वार्ता दिँदै त्यो चालू वर्षयता चीनको सबैभन्दा महत्वपूर्ण वरपर कूटनीतिक गतिविधि हुनुका साथै राष्ट्राध्यक्ष सीले आशियान मुलुकका नेताहरूसँग सामूहिक भेट वार्ता गर्नुभएको पहिलो पटक भएको औंल्याउनुभएको छ।

सहायक परराष्ट्र मन्त्री वुका अनुसार, उक्त शिखर सम्मेलनमा सम्पन्न सबैभन्दा महत्वपूर्ण प्रतिफल के छ भने दुवै पक्षका नेताहरूले संयुक्त रूपमा के घोषणा गरेका छन् कि चीन-आशियान सम्बन्धलाई सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धको रूपमा उकासिनुका साथै द्वीपक्षीय सम्बन्धको इतिहासमा रहेको नयाँ कोसे ढुङगा निश्चित गरिएको छ।

बितेका ३० वर्षयता चीन-आशियान सम्बन्ध चौतर्फी र तीव्र रूपमा विकसित हुँदै आएकाले दुवै पक्षका जनताका लागि वास्तविक हितकल्याणको सिर्जना गरेको कुरा पनि सहायक परराष्ट्र मन्त्री वुले बताउनुभएको छ। सीएमजी

Facebook Comments

सम्बन्धित समाचार

1 min read