Fri. Oct 18th, 2024

क्यानडामा भयानक तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा

काठमाण्डौं, २०७८ मंसिर २ गते बिहीबार । क्यानडामा भयानक तुफान आएपछि ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न हुँदा क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको हो ।

विपद्‌बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्रमा आइतवार राति ठूलो तुफान आएको थियो। त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन्।

प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रभावितहरुलाई राहत दिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने पनि बताउनु भयो । पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन्। उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ।

क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको छ। सङ्कटकालीन अवस्थाले अधिकारीहरूलाई सडक र रेल सेवालाई पुन: सुरु गर्न थप शक्ति प्रदान गर्नेछ। बीबीसी

Facebook Comments