Thu. Apr 30th, 2026

चीनसँगको व्यापारिक सम्बन्ध सुधारका लागि अमेरिकाले पूर्ववर्ती सरकारको नीतिको समीक्षा गर्न आवश्यक

       

काठमाण्डौं, २०७८ मंसिर १ गते बुधबार । अमेरिकाले चीनसँगको व्यापार सम्बन्धलाई सुधार गर्नका लागि ट्रम्प सरकारले अँगालेको नीतिको समीक्षा गरेर कमजोरी हटाउनुपर्ने अमेरिकी विज्ञले बताएका छन् । साउथ चाइना मर्निङपोष्ट पत्रिकाले उल्लेख गरे अनुसार अमेरिकी क्याथरिन ताइले बाइडेन सरकारलाई ट्रम्स सरकारका कमजोरी केलाएर सुधार गर्न सुझाव दिनु भएको हो।

केही समय अगाडि चिनियाँ राजदूत छिङ काङले पनि यही कुरा उल्लेख गर्नु भएको थियो।

दुई देशबीचको आर्थिक सम्बन्ध सुधार गरेर व्यापार युद्धलाई मथ्थर बनाउनका लागि चीन र अमेरिका दुवै मुलुक लचिलो हुनुपर्ने उक्त पत्रिकाले ‌औँल्याएको छ। दुवै मुलुकले चालेका नीतिलाई कसिलो नबनाइ सुधार गर्नुपर्ने र आफ्नो हित मात्र हेर्ने नभई सबैको हित हेरेर काम गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार