Fri. Nov 15th, 2024

प्रधानमन्त्री देउवाद्वारा लण्डनमा नेपाली तथा विदेशी प्रतिनिधिसँग भेट

काठमाण्डौं, २०७८ कात्तिक १३ गते शनिबार । बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप-२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन शुक्रवार साँझ लण्डन आइपुग्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार विभिन्न भेटघाटमा व्यस्त हुनु भएको छ ।

लण्डनस्थित राजदूतावासमा बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड शेख र लर्ड स्वराज पलले प्रधानमन्त्री देउवाले शनिबार शिष्टाचार भेट गर्नुभएको छ । उहाँ दुवैजना नेपाल-बेलायत सम्बन्ध सुधार गर्न र नेपालप्रतिको स्नेह सदभाव र मित्रताका लागि जानकार हुनुहुन्छ । दशकाँैदेखि उहाँहरुको नेपालप्रति अत्यन्त सदभाव र मित्रता रहको छ ।

उहाँहरुले बेलायती संसदमा नेपालका विषयमा दशकौँदेखि कुरा राख्दै आउनु भएको छ । कोभिडको दोस्रो लहरको समयमा पनि उहाँलहरुले संसदमा नेपाललाई सहयोग गर्ने कुरा राखेको प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो । उहाँहरुले प्रधानमन्त्री देउवासमक्ष नेपालसँगको सम्बन्ध र त्यसलई प्रर्वद्धन गर्न बर्षांैदेखि आफूहरुले खेलेको भूमिकाका बारेमा पनि चर्चा गर्नुभयो । उहाँहरुले आफ्नो कार्यकालमा नेपाल बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउन सबैप्रकारको सहयोग सदभाव र समर्थन रहने विश्वास पनि दिलाउनुभयो।

यसैगरी ब्रिटेन नेपाल सोसाइटीको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको छ । सोसाइटीका अध्यक्ष एवम् पूर्व राजदूत एन्ड्रयु स्पार्कले सोसाईटीले धेरै बर्ष अघिदेखि नेपाल र नेपालीको सहयोगका लागि काम गरिहेको स्मरण गराउँदै अझ थप प्रभावकार बनाउन आफूहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । भेटमा अध्यक्ष स्पार्कले नयाँ पुस्ताका ब्रिटिस युवालाई नेपाल भ्रमण गराउन र सदभावना बढाउन केही नयाँ कार्य गर्ने सोच बनाएको बताउनुभयो ।

उहाँले विभिन्न स्वंयसेवी व्यतिm र गैर सरकारी संस्थामार्फत सोसाईटीले नेपालभरी काम गरिरहेको बताउँदै यस कामलाई अझ प्रभावकरी बनाएर नेपाल र बेलातयबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्धता पनि व्यतm गर्नुभयो । सोसाइटीले गरेका कामको बारेमा गहिरो चासो राख्दै नेपालको विकासमा पु¥याएको सहयोगका लागि प्रधानमन्त्री देउवाले धन्यवाद दिनुभयो । भेटमा वन तथा वातावरणमन्त्री रामसहाय यावद,परराष्ट्र सचिव भरतराज पौडेल, प्रोटोकल प्रम्ख डा.दुर्गाबहादुर क्षेत्री, कार्यवाहक राजदूत श्रीमती रोशन खनाललगायतको सहभागिता रहेको थियो ।

यसैगरी,प्रधानमन्त्री देउवासँग गैर आवासीय सङ्घ(एनआरएनए) यूकेको एक प्रतिनिधिमण्डलले शनिवार भेट गर्दै ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकलाई मतदानमा भाग लिने व्यवस्था,नेपाल बेलायत सिधा हवाई उडान सञ्चालन र नेपालमा विदेशी लगानी भित्र्याउन सुगम कानूनी व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ । सो क्रममा एनआरएनए यूकेका संरक्षक शेर सुनार, एनआरएनका केन्द्रिय सल्लाहकार कुल आचार्य, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले नेपाली नागरिकताको निरन्तरता,भूतपूर्व गोरखाको समस्या समाधान लगायतका विषयमा ध्यानाकर्षण गराउँदै जानकारी गराउनु भएको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीले नेपाललाई माया गरेकोमा धन्यवाद दिदै नेपालमा विदेशी लगानी भित्र्याउन दिनुपर्ने सुविधा दिन सरकार तयार रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री देउवाले कोभिडको बेलामा बेलायत सरकारले नेपाललाई खोप उपलब्ध गराएर सहयोग गरेको स्मरण गर्दै चैतसम्ममा नेपालाई पूर्ण कोभिडमूक्त देश बनाउने प्रतिबद्धता व्यतm गर्नुभयो । बेलायतलगायत विश्वका अन्य देशमा नेपालप्रति ठूलो सदभाव रहेको चर्चा गदै प्रधानमन्त्री देउवाले अब नेपाल आउन चाहने जोसुकैलाई अन अराइभल भिसाको व्यवस्था गरिएको बताउनुभयो ।

नेपाली काङ्ग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई नेपाली जनसम्पर्क समिति बेलायतको टोलीले भेटेर नागरिकताको निरन्तरता लगायतका विषयमा ध्यानाकर्षण गराएको छ । समितिका अध्यक्ष युवराज गुरुङले प्रधानमन्त्री देउवालाई स्वागत गर्दै समितिले विभिन्न समयमा नेपालमा गरेको सहयोगका बारेमा जानकारी गराउनुभयो ।

प्रधानमन्त्री देउवाले नागरिकताको निरन्तरताको विषय संविधानसँग जोडिएकाले त्यहाँ उल्लेख नभएसम्म त्यो सम्भव नरहेको स्पष्ट पार्नुभयो । उहाँले बेलायतको नागरिकता लिएका नेपालीले यहाँको सांसद हुन सक्ने सभावना औंल्याउदै गैर आवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकोमा प्रसंशा गर्नुभयो । उहाँले विदेशी लगानीकर्तालाई सुरक्षाको ग्यारेण्टी दिन सरकार सदैव तयार रहेको स्प्ष्ट पार्नुभयो । उहाँले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments