Sat. Oct 19th, 2024

नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने काँग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णय

काठमाण्डौं, २०७८ कात्तिक १२ गते शुक्रबार । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले चौधौं केन्द्रीय महाधिवेशन आउदो मंसिर २४ देखि २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले हिजो (विहीबार) साँझ एक विज्ञप्तीमार्फत चौधौं केन्द्रीय महाधिवेशनको नयाँ तालिका सार्वजनिक गरेको हो ।

समितिको बैठक सानेपास्थितको काँग्रेस केन्द्रीय कार्यालय विपी स्मृति भवनमा आज (शुक्रबार) अपरान्ह ५ बजे बसेको जनाइएको छ ।

Facebook Comments