Sat. Oct 19th, 2024

सङ्घीय संसद्को अधिवेशन अन्त्य

काठमाण्डौं, २०७८ कात्तिक १२ गते शुक्रबार ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै अधिवेशन आज राती १२ बजेदेखि लागुहुने गरी अन्त्य गर्नुभएको छ । सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना जारी गरी संसद्को दुवै अधिवेशन अन्त्य भएको जानकारी दिनुभएको हो ।

आज रातीदेखि अधिवेशन अन्त्य भएकोले  कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र  असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले  प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका  सदस्यहरूलाई सूचनामार्फत जानकारी गराइएको छ ।

Facebook Comments