Sat. Oct 19th, 2024

चीनले हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गने राष्ट्रपति जो बाइडनको भनाई

काठमाण्डौं, २०७८ कात्तिक ५ गते शुक्रबार । अमेरिकी राष्ट्रपति जो बाइडनले भन्नुभएको छ कि, “यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले उक्त देशको प्रतिरक्षा गर्नेछ।”

उहाँको यो टिप्पणीलाई अमेरिकाले लामो समयदेखि अपनाउँदै आएको विदेशनीतिभन्दा भिन्न बाटो लिन खोजेको अर्थमा हेरिएको छ।

तर ह्वाइट हाउसका एकजना प्रवक्ताले पछि केही अमेरिकी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै राष्ट्रपतिको त्यस्तो टिप्पणीको अर्थ अमेरिकी नीतिमा परिवर्तन आएको भन्ने कुराको संकेत नभएको बताएका छन्। अमेरिकामा विद्यमान एक कानुन अनुसार उस्ले ताइवाइनलाई आफ्नो प्रतिरक्षा गर्न मद्दत गर्नु आवश्यक हुन्छ।

तर अमेरिकाले “रणनीतिक अस्पष्टता” को नीति अपनाउने गरेको देखिन्छ जस अन्तर्गत चीनले ताइवानमाथि हमला गरेको खण्डमा अमेरिकाको भूमिका कस्तो हुन्छ भन्ने कुरालाई जानाजान नै अस्पष्ट रूपमा प्रस्तुत गर्ने गरिन्छ।

राष्ट्रपति बाइडनको टिप्पणीप्रति चीनले प्रतिक्रिया जनाइसकेको छैन। बीबीसी

Facebook Comments