Thu. Jun 11th, 2026

सिनहाइ क्रान्तिको ११० औं वार्षिकोत्सव स्मृति समारोहलाई सीद्वारा सम्बोधन

       

काठमाण्डौं, २०७८ असोज २३ गते शनिबार ।  सिनहाइ क्रान्तिको ११० औं वार्षिकोत्सव स्मृति समारोह अक्टोबर ९ तारिख पैचिङमा भव्यताका साथ आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो समारोहलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सम्बोधनमा सीले जोड दिनुभएको छ, ‘सिनहाइ क्रान्ति भएयताका ११० वर्षको इतिहासबाट के प्रष्ट्याइएको छ भने चिनियाँ राष्ट्रको महान पुनरूत्थानलाई व्यवहारमा उतार्दा चिनियाँको नेतृत्व गरेको दृढ शक्ति हुनुपर्छ जुन चिनियाँ कम्युनिष्ट पार्टी हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व इतिहास र जनताको छनौट हो। यो नै पार्टी तथा देशको आधारभूत विषय हो र भर पर्दो कारक तत्व पनि हो। सम्पूर्ण देशका विभिन्न जातीय जनताहरूको हितसँग सम्बन्धित छ। चिनियाँ कम्युनिष्ट पार्टी नभए नयाँ चीन हुँदैन। चिनियाँ राष्ट्रको महान पुनरूत्थान पनि हुँदैन। इतिहासको सन्दर्भमा भविष्यको सिर्जना गर्नुपर्छ। हामीले समाजवादी आधुनिकिकरण देशको चौतर्फी निर्माणको नयाँ यात्रामा ऐतिहासिक कर्तव्य बहन गर्दै चिनियाँ राष्ट्रको महान पुनरूत्थान कार्यलाई निरन्तर अघि बढ्दै जानुपर्छ।’

सो समारोहमा चीनका प्रधानमन्त्री ली खछ्याङ लगायतका नेताहरूले पनि भाग लिनुभएको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read