Sat. Apr 25th, 2026

गत सेप्टेम्बरमा चीनको विदेशी मुद्रा संचिती ३२ खर्ब अमेरिकी डलर

       

काठमाण्डौं, २०७८ असोज २१ गते बिहीबार । सन् २०२१ को सेप्टेम्बरको अन्तसम्म चीनको विदेशी मुद्रा संचितीमा संलग्न रकम ३२ खर्ब अमेरिकी डलर पुगेको छ जुन गत अगष्ट महिनाको तुलनामा ३१.५ अर्ब अमेरिकी डलरले घटेको हो। उक्त तथ्याङ्क चिनियाँ राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्युरोले अक्टोबर ७ तारिख सार्वजनिक गरेको हो।

सन् २०२१ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय मौद्रिक बजारमा कोरोना महामारी तथा राष्ट्रिय मुद्रा नीतिको प्रक्षेपण लगायतका कारक तत्वको प्रभावमा अमेरिकी डलर सूचकाङ्क बढेकाले मुख्य मुलुकहरूको मौद्रिक सम्पतिको मूल्य समष्टिगत रूपमा घटेको जानकारी चिनियाँ राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्युरोका उप प्रमुख वाङ छुनयिङले दिनुभएको छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार