Fri. Nov 15th, 2024

सत्तागठबन्धन दललाई भागबण्डाकै सकस, यस्तो भयो मन्त्रालय बाँड्ने सहमति

काठमाण्डौं, २०७८ असोज २१ गते बिहीबार । निक्कै लामो सकसपछि सत्तागठबन्धनका दलहरु मन्त्रालय भाग लगाउन सहमत भएका छन् । तर भागबन्डापछि पनि गुटभित्रको किचलो सङलिने मेसो अहिलेसम्म देखिएको छैन ।

प्राप्त समाचार अनुसार नेपाली कांग्रेसको भागमा गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

नेकपा माओवादी केन्द्रको भागमा अर्थ, उर्जा, शिक्षा-विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, उद्योग-बाणिज्य तथा आपूर्ति र खानेपानी मन्त्रालय परेको छ ।

नेकपा एमालेबाट अलग भएर अस्तित्वमा आएको माधव कुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीलाई पर्यटन तथा नागरिक उड्डयन, कानून न्याय तथा संसदीय मामिला, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास मन्त्रालय परेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टीको भागमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय परेको छ ।

Facebook Comments