Wed. Sep 25th, 2024

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाण्डौं, २०७८ असोज २० गते बुधबार । सर्वोत्तम सिमेन्ट प्रकरणमा गोल्डेन शेयर हात परेको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ ।

सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पूरा गरेर उहाँलाई बर्खास्त गरेको बताएको छ । ढुंगाना ‘बुक बिल्डिङ’ मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिनु भएको थियो । बोर्डको अध्यक्षमा रहँदा उहाँले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

यसअघिनै अर्थमन्त्रालयको निलम्बनमा परेका ढुंगानालाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । मंगलबारको मन्त्रिपरिषद बैठककले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय गरेको हो ।

Facebook Comments