Wed. Sep 25th, 2024

बिगत १५ महिनामा चीनको बैदेशिक व्यापारमा लगातार बृद्धि

काठमाण्डौं, २०७८ असोज १८ गते सोमबार । चालु वर्षको अघिल्ला ८ महिनामा चीनमा खुद्रा व्यापारको आयात निर्यातमा संलग्न कूल रकम २४७.८ खर्ब चिनियाँ युआन बराबर भएको छ जुन गत वर्षको सोही अवधिकोको तुलनामा २३.७ प्रतिशतले बृद्धि भएको हो। त्यसैगरी सन् २०१९ को सोही अवधिको तुलनामा २२.८ प्रतिशतले बृद्धि भएको छ। यो नै चीनको बैदेशिक व्यापार लगातार १५ महिनासम्म बृद्धि भएको प्रतीक हो। यसै क्रममा स्वतन्त्र व्यापार परीक्षणात्मक क्षेत्रमा व्यापारका नयाँ तरिका देखा परेको छ र बढी भन्दा बढी आयात उत्पादित वस्तु चिनियाँहरूको दैनिक जीवनमा प्रवेश भएको छ।

बेल्ट एण्ड रोड अवधारणाबाट चिनियाँ उद्यमहरूको लागि अन्तर्राष्ट्रिय बजार खोलिएको साथै चिनियाँ बैदेशिक व्यापार अझ धेरै ढङ्गले भइरहेको देखिन्छ। प्राप्त तथ्याङ्क अनुसार, चीन र बीआरआई सम्बद्ध मुलुकहरू बीचको आयात निर्यातमा संलग्न रकम सन् २०१३ को ६४.६ खरबदेखि सन् २०२०को ९३.७ खर्ब चिनियाँ युआनसम्म बढेको छ। सीआरआई

Facebook Comments