Wed. Sep 25th, 2024

चीनको सेवा व्यापारको कूल आयात-निर्यात रकम यस वर्षको अघिल्ला आठ महिनामा ९.४ प्रतिशत वृद्धि

काठमाण्डौं, २०७८ असोज १७ गते आईतबार । यस वर्षको अघिल्ला आठ महिनामा चीनको सेवायुक्त व्यापारले राम्रो वृद्धि दर कायम राख्दै आएको देखिन्छ। कूल आयात-निर्यात रकम ३२ खर्ब ४९अर्ब ९९करोड चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ९।४ प्रतिशतले बढेको छ। यसमध्ये निर्यात रकम १५ खर्ब ४९अर्ब ९९ करोड युआन छ भने गत वर्षको सोही अवधिको तुलनामा २५।३ प्रतिशतले बढेको छ। आयात १७ खर्ब २१अर्ब ६६करोड युआन रहेको छ भने गत वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले घटेको छ।

ज्ञान-गहन सेवा व्यवसाय अन्तर्गत सेवाका क्रममा ठूलो परिमाणमा विज्ञान, ईन्जिनियरिङ, प्रविधि आदि पेशागत ज्ञान प्रदान गर्ने सेवा मानिन्छ। यो सेवाको आयात निर्यात यस वर्षको अघिल्ला आठ महिनामा १२ प्रतिशत बढेको छ। यसका अतिरिक्त वर्तमान विश्वका विभिन्न मुलुकले मानिसहरुको अन्तर्राष्ट्रिय आवतजावतलाई सीमित पार्ने कदम लागू गरेकाले चीनको पर्यटन सेवाको आयात निर्यात निरन्तर घट्दै गएको छ। सीआरआई

Facebook Comments