Wed. Sep 25th, 2024

नेकपा एमालेले लोगो परिमार्जन गर्यो, नयाँ लोगोमा सूर्यभित्र सुनौलो रङको हँसिया हथौडा रहने

काठमाण्डौं, २०७८ असोज १७ गते आईतबार । नेपाल कम्युनिष्ट पार्टी एमालेले लोगो परिमार्जन गरेको छ । ललितपुरको गोदावरीमा आयोजना भएको पार्टीको पहिलो विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।

अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने छ । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।

अब परिमार्जित लोगो नै पार्टीको आधिकारिक हुने पार्टीकाउपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments