Wed. Sep 25th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा युएई दुबई विश्व एक्स्पोको चीन मण्डपलाई भिडियो मन्तब्य

काठमाण्डौं, २०७८ असोज १६ गते शनिबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १ तारिखका दिन युएई दुबईको विश्व एक्स्पोको चीन मण्डपलाई भिडियो मन्तब्य दिनुभएको छ ।

सो भिडियो मन्तब्यमा सीले युएई दुबई विश्व एक्स्पो मध्य(पूर्व क्षेत्रमा आयोजित पहिलो विश्व एक्स्पो हो भने विभिन्न मुलुकले विचार सञ्चार, भविष्यको सिर्जना भन्ने मुख्य विषयका आधारमा आर्थिक तथा सामाजिक विकासको विचार र उपलब्धि देखाएर संवाद र सहयोगलाई बढाउनु नै महत्वपूर्ण अर्थ रहेको उल्लेख गर्नुभयो। चीनले विभिन्न मुलुकसँग आदान-प्रदान र सहयोगलाई बढाएर मानव भाग्य समुदाय रचना गर्न सक्रिय प्रयास गर्ने इच्छा लिएको विचार सीले व्यक्त गर्नुभयो।

सन् २०२० युएई दुबई विश्व एक्स्पो अक्टोबर १ तारिख सुरू भएको छ भने चीन मण्डप पनि सोही दिन खुला भएको छ। सीआरआई

Facebook Comments