Wed. Sep 25th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा थ्येन आनमन चोकमा राष्ट्रिय हिरोहरूको सम्मानमा पुष्प टोकरी अर्पण

काठमाडौं, २०७८ असोज १४ गते बिहीबार । चालू वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शत वार्षिकोत्सव हो। सेप्टेम्बर ३० तारिख विहान, चीनको शहीद दिवसको अवसरमा राष्ट्राध्यक्ष सी चिनफिङलगायतका चिनियाँ कम्युनिष्ट पार्टी र देशका नेताहरूले थ्येन आनमन चोकमा राष्ट्रिय हिरोहरूलाई पुष्प टोकरी अर्पण गर्नुभएको छ।

सो अवसरमा देशका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

तथ्याङ्कअनुसार, आधुनिक समययता राष्ट्रिय स्वतन्त्रता र जनताको स्वतन्त्रता तथा देशको समृद्धिका लागि करिब २ करोड चिनियाँहरू शहीद भएका छन्। सन् २०१४ देखि चीनले सेप्टेम्बर ३० तारिखलाई शहीद दिवसको रुपमा मनाउन निश्चित गरेको हो। सीआरआई

फोटो- सिन्ह्वा

Facebook Comments