Tue. Sep 24th, 2024

वागमती प्रदेशका १२ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजे

- एमाले अल्पमतमा

काठमाण्डौं, २०७८ भदौं १५ गते मंगलबार । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

१२ जना प्रदेशसभा सदस्यले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एमालेका ५६ जनामध्ये १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

एमालेबाट समाजवादी रोज्ने सांसदहरुमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, ईन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की र कृष्ण खनाल रहनुभएको छ । खनाल बागमती प्रदेशका मन्त्रीसमेत हुनुहुन्छ । नेपाल टेलिभिजन

Facebook Comments