Tue. Sep 24th, 2024

काबुल विमानस्थलमा अमेरिकी सेनाद्वारा अफ्गानीको हत्या भएको खुलासा

काठमाण्डौं, २०७८ भदौं १५ गते मंगलबार । अगष्ट २६ तारिख बेलुकी अफ्गानिस्तानको राजधानी शहर काबुलको विमानस्थल नजिक दुई पटक बम बिस्फोट भएको छ र ती दुर्घटनामा परी सयौं स्थानीयको मृत्यु भएको छ।

सो दुर्घटनामा परी घाईतेहुनेहरुले एउटा अचम्मको तथ्य सार्वजनिक गरेका थिए। उनीहरूका अनुसार विमानस्थलमा प्रस्थान गर्ने अमेरिकी सेनाहरूले त्यहाँका स्थानीयहरूलाई मारेका थिए। ती अफ्गानिस्तानका सामान्य जनताहरू आतंकवादी गतिविधिबाट मृत्यु नभएतापनि अमेरिकी सेनाको हिंसात्मक हतियारमा मारिएको देखिन्छ।

उक्त दुर्घटनाका घाइतेहरूका अनुसार सोही दिन बम बिस्फोटनपछि अमेरिकी सैन्यले अफ्गानिस्तानका जनतामाथि गोली हानेको थियो र काबुल विमानस्थल नजिकको बाटो बन्द गरेको थियो। त्यसकारण बिस्फोटनमा परी घाइते भएकाहरूको उद्धार कार्य पनि ढिलो भएको थियो। बीबीसीका अनुसार सो दुर्घटनामा धेरै जसोको मृत्यु बिस्फोटन नभएको तर अमेरिकी सैन्य हिंसा भएको देखिन्छ।

सो वास्तविकताबाट हेर्दा अमेरिकी सेना गएको २० वर्षदेखि अफ्गानिस्तानमा लडाईँ अन्त्य गर्ने बेला फेरि एक पटक अफगानीमाथि गम्भीर अपराध गरेको देखिन्छ। सीआरआई

Facebook Comments