Tue. Sep 24th, 2024

गगन थापाद्वारा महामन्त्री पदमा उठ्ने घोषणा

काठमाण्डौं, २०७८ भदौं १४ गते सोमबार ।  कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ। काठमाडौं महानगरपालिका-३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

थापा सोही वडाका स्थायी बासिन्दा हुनुहुन्छ । आज हामी १४औं महाधिवेशनको प्रारम्भमा छौं । यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गर्नुभयो । यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए । उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन, थापाले भन्नुभयो, मेरो बडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु ।

कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो। उहाँसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

Facebook Comments