Tue. Sep 24th, 2024

माधव कुमार नेपाल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेता चयन

काठमाण्डौं, २०७८ भदौं १३ गते आईतबार । माधव कुमार नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा चयन हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले संसदीय दलको नेतामा अध्यक्ष नेपाल चयन हुनुभएको जानकारी दिनुभयो ।

आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको सांसद चौधरीले बताउनुभयो । यसै गरी आइतबार बानेश्वरस्थित संघिय संसद भवनमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुदै नेता नेपालले हाल पार्टीको विधान, वैचारिक तथा सांगठनिक स्वरुप सबै निर्वाचन आयोगमा मस्यौदाको रुपमा रहेको र यी सबै मस्यौदाहरुलाई राष्ट्रिय सम्मेलनमार्फत पूर्णता दिइने बताउनुभयो ।

नेकपा एमाले विभाजनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले देशको सिंगो कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने लक्षण देखिएपछि आफूहरुले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पुर्नगठन गर्नुपरेको नेता नेपालले बताउनु भएको छ ।

अध्यक्ष नेपाल नेतृत्वको नयाँ पार्टीले आगामी दिनमा कम्युनिस्टहरुको बृहत्तर एकतालाई जोड दिने बताउदै आएपनि तत्कालै भने कुनै पार्टीसँग एकता नहुने भनाइ नेपालको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीमा कम्युनिस्ट सिद्धान्त र लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै युवा पुस्तालाई आकर्षित गर्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो ।

Facebook Comments