Tue. Sep 24th, 2024

पछिल्लो २४ घण्टामा २४८२ जना कोरोना संक्रमित थपिए, ४४ जनाको मृत्यु

काठमाण्डौं, २०७८ भदौं ९ गते बुधबार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । वितेको २४ घण्टामा १५ हजार २ सय ९० जनाको नमूना परीक्षण गर्दा २ हजार ४ सय ८२ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मृत्यु भएका र नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनको तथ्यांकसहित ४४ जनाको मृत्यु भएको हो ।

Facebook Comments