Tue. Sep 24th, 2024

चीनका राष्ट्राध्यक्ष सीद्वारा चीन-शाङहाई सहयोग संगठन डिजिटल आर्थिक व्यवसाय मञ्च र चीन अन्तर्राष्ट्रिय स्मार्ट व्यवसाय एक्स्पोलाई शुभकामना

काठमाण्डौं, २०७८ भदौं ७ गते सोमबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २३ तारिख चीन-शाङहाई सहयोग संगठन डिजिटल आर्थिक व्यवसाय मञ्च र सन् २०२१ चीन अन्तर्राष्ट्रिय स्मार्ट व्यवसाय एक्स्पोलाई शुभकामना सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले हाल विश्वमा डिजिटल अर्थतन्त्र तीव्र गतिले विकासको अवधिमा प्रवेश गर्दैआएको बताउनुभयो। सीका अनुसार, ५ जी, मानवीय तथा स्मार्ट बौद्धिकता र स्मार्ट शहर लगायतका नयाँ प्रविधि, नयाँ व्यवसाय र नयाँ चौताराहरू पनि विकसित भइरहेका छन्।

शाङहाई सहयोग संगठन स्थापनाको २० औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न सदस्य मुलुकसँगै शाङहाई भावनाको प्रचार प्रसार गर्दै गहन रूपमा डिजिटल अर्थतन्त्रको अन्तर्राष्ट्रिय सहयोगमा सहभागी भएर डिजिटल अर्थतन्त्र सहयोगको नयाँ प्रारूप सिर्जना गर्दै जान चीन इच्छुक रहेको पनि राष्ट्राध्यक्ष सीले बताउनु भयो । सीआरआई

Facebook Comments