Tue. Sep 24th, 2024

अफगानिस्तानका ३ वटा जिल्लाबाट तालिबान लडाकु धपाईए, पंजशिर बन्यो विद्रोहको केन्द्र

अहमद मसूद

काठमाण्डौं, २०७८ भदौं ५ गते शनिबार । अफगानिस्तानका ३ वटा जिल्लाबाट तालिबान लडाकु खेदिएका छन् । तालिबानको नियन्त्रणमा रहेका पंजशिर लगायतका ३ वटा जिल्लाबाट नर्दन एलायन्सका लडाकुहरुले तालिबानका लडाकाहरुलाई खेदेर अफ्गानिस्तानको झण्डा फहराएका हुन् ।

नर्दर्न एलायंसका सेना

तालिबानले आफ्नो सम्पूर्ण शक्ति राजधानी काबुललाई नियन्त्रणमा राख्न प्रयोग गरिरहेकै बेला उसको उपस्थिती कमजोर भएका पुल-ए-हेसर, देह-ए-सलाह र बानो जिल्लाहरुबाट उनीहरुलाई स्थानीय जनता र नर्दन एलायन्सका फैजहरुले धपाउँदै ती क्षेत्रमाथि कब्जा गर्न सुरु गरेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

यी जिल्लाहरु राजधानी काबुलबाट १२५ किलोमिटरको दूरिमा रहेका छन् ।

 

Facebook Comments