Thu. Apr 23rd, 2026

गत ५.५ वर्षमा चीनको वैदेशिक मुद्रा संचिति सबैभन्दा उच्च

       

काठमाण्डौं, २०७८ साउन २४ गते आईतबार । चीन राष्ट्रिय वैदेशिक मुद्रा संचिति व्यवस्थापन व्यूरोले अगष्ट ७ तारिख दिएको तथ्याङ्क अनुसार, चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा संचितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर भएको छ र यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी छ। त्यस्तै वृद्धि दर ०.६८ प्रतिशतले बढेको छ। राष्ट्रिय वैदेशिक मुद्रा संचिति व्यवस्थापन व्यूरोका प्रेस प्रवक्ता वाङ छुनयीङले भन्नुभयो, ‘चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित छ र बजारको भविष्य पनि स्थिर रहनसक्नेछ।’

प्राप्त जानकारी अनुसार, कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्याङ्क लगायतका कारक तत्वको प्रभावमा अमेरिकी डलर बाहेकका मुद्राहरूको मूल्य बढेको छ जसको मूल्य अमेरिकी डलरमा साटेपछि कूल मूल्य बढेको छ। सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा चीनको वैदेशिक मुद्रा संचितिको परिधि बढेको हो। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार