Tue. Sep 24th, 2024

अफगानिस्तानमा राष्ट्रपति भवन नजिकै बम विष्फोट

काठमाण्डौं, २०७८ साउन २० गते बुधबार । अफगानिस्तानमा राष्ट्रपति भवन नजिकै बम विष्फोट भएको छ । राजधानी काबुलको केन्द्रमा विष्फोट भएको हो । विष्फोट भएको क्षेत्र नजिकै राष्ट्रपति भवन, सरकारी आवास तथा कूटनीतिक नियोगका कार्यालयहरु रहेको बीबीसीले जनाएको छ ।

यस्तै अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री बिसमिल्लाह मोहम्मादीको आवासमा पनि आक्रमण भएको जनाइएको छ ।

राजधानी काबुलमा रहेको उहाँको आवासको पाहुना घरमा मंगलबार राति बम बिस्फोट भएको हो । । रक्षा मन्त्रालयका प्रवक्ताले मन्त्री मोहम्मादी बिस्फोट हुँदा घरमा नरहेकाले सुरक्षित रहेको बताएका छन् । एजेन्सी

Facebook Comments