Tue. Sep 24th, 2024

बिभिन्न मुलुकका राजनैतिक दल तथा संगठनबाट डब्लुएचओलाई संयुक्त विज्ञप्ति

काठमाण्डौं, २०७८ साउन १८ गते सोमबार । अगष्ट २ तारिख विश्वका १०० भन्दा बढी मुलुक तथा क्षेत्रका ३०० वटा राजनैतिक दलहरू, सामाजिक संगठन तथा थिङ्क ट्याङ्कले विश्व स्वास्थ्य संगठनको सचिवालयसमक्ष संयुक्त विज्ञप्ति पेश गरेका छन्।

सो विज्ञप्तिमा कोभिड भाइरसले मानवजातिको ज्यान सुरक्षा तथा स्वास्थ्यमा गम्भीर धम्की दिएको सन्दर्भमा अन्तर्राष्ट्रिय समाजले महामारी प्रतिरोधी सहयोगलाई सबल पार्नु पर्ने अपील गरिएको छ। साथै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी कोभिड भाइरस श्रोतको खोजी सम्बन्धि अनुसन्धानलाई निष्पक्ष र न्यायोचित रूपमा गर्दै सो विषयको राजनीतिकरणको कडा विरोध पनि  विज्ञप्तिमार्फत् गरिएको छ।

भाइरसको सामु सीमा र जातजातिबीचको विभेद नभएको र अन्तर्राष्ट्रिय समाज मिलेर सँगसँगै लड्ने हो भने भाइरसलाई जित्ने सम्भावना भएको पनि सो संयुक्त विज्ञप्तिमा जनाइएको छ।

भाइरसको श्रोतको खोजी गम्भीर वैज्ञानिक विषय भएकोले विश्वव्यापी वैज्ञानिकहरू तथा चिकित्सकहरू एवम् विशेषज्ञहरूको संयुक्त सहयोगबाट अनुसन्धान गर्नुपर्ने र तथ्य तथा प्रमाणमा आधारित वैज्ञानिक निष्कर्ष निकाल्नुपर्ने बारे पनि चर्चा गरिएको छ।

विश्व स्वास्थ्य संगठन सचिवालयले सदस्य मुलुकसँगको सहकार्यमा नयाँ वैज्ञानिक प्रमाणको विचार गर्दै चीन-विश्व स्वास्थ्य संगठन कोभिड भाइरस श्रोत खोजी सम्बन्धि संयुक्त अनुसन्धानको सुझाव लिनुपर्ने आह्वान पनि सो संयुक्त विज्ञप्तिमा गरिएको छ।

चीन लगायतका मुलुकहरूले विश्वमा विशेष गरी विकासोन्मुख मुलुकको लागि खोप प्रदान गरेकोमा प्रशंसा पनि सो विज्ञप्तिमा गरिएको छ। साथै क्षमतावान मुलुकहरूले खोपको निर्यातलाई सीमित पार्न नहुने वा चाहेको भन्दा बढी खोपलाई भण्डारणमा राख्न नहुने तर्क पनि गरिएको छ। सीआरआई

Facebook Comments