Mon. Sep 23rd, 2024

गण्डकी प्रदेश प्रमुख गुरुङ र लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौं, २०७८ साउन १३ गते बुधबार । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई सपथग्रहण गराउनुभएकाे छ ।

बुधबार यहाँस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच उहाँहरूलाई सपथग्रहण गराउनुभएकाे हाे । साे सपथग्रहण समारोहमा उपराष्ट्र नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाकाे उपस्थिति रहेकाे थियाे ।

Facebook Comments