Tue. Sep 24th, 2024

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त

काठमाण्डौं, २०७८ साउन १२ गते मंगलबार । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे हो । साथै, सदस्यहरूमा रामकुमार फुयाँल र दिलबहादुर गुरूङ रहनुभएकाे छ ।

त्यस्तै, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीबहादुर गुरुङ्ग र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनकाे नाम सिफारिस गरेको सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

साथै, प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिका लागि सिफारिस गर्ने निर्णय गरेकाे छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ  २५  गतेबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

Facebook Comments