Mon. Sep 23rd, 2024

चीन र पाकिस्तानका विदेशी मन्त्रीबीच छङ्तुमा भेटवार्ता

काठमाण्डौं, २०७८ साउन १० गते आईतबार । जुलाई २४ तारिख चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी र पाकिस्तानका विदेशी मन्त्री शाह मेहमूद कुरेशीबीच तेस्रो रणनैतिक वार्ता चीनको स छ्वान प्रान्तको छङ तु शहरमा आयोजित भएको छ।

चीनका परराष्ट मन्त्री वाङ यीले चीन र पाकिस्तान आपसी विश्वास भएका घनिष्ट छिमेकी, साथी र दाजुभाई जस्तै भएको बताउँदै यी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध बलियो भएकोले कुनै पनि बाह्य शक्तिद्वारा नष्ट गर्न नसकिने कुरा बताउनुभयो। पाकिस्तानले चीनको मुख्य हितसित सम्बन्धित मामिलामा चीनलाई समर्थन दिएको कुराको चीनले प्रशंसा गरेको पनि उहाँले औंल्याउनुभयो।

भेटवार्तामा पाकिस्तानी परराष्ट्र मन्त्री शाह मेहमूद कुरेशीले पाकिस्तान र चीनबीचको बलियो मैत्रीपूर्ण सम्बन्धमा पाकिस्तानी राष्ट्रको सहमति रहेको बताउँदै यो सम्बन्ध विदेशको लागि बनाइएको रणनीतिको आधार पनि भएको बताउनु भयो । कोभिड-१९ भाइरसको स्रोत खोज्ने मामिलामा चीनबाट लिइएको अडानलाई पाकिस्तानले पूर्णरूपमा समर्थन दिने पनि उहाँले बताउनुभयो। सीआरआई

Facebook Comments