Mon. Sep 23rd, 2024

निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डौं, २०७८ साउन १० गते आईतबार । प्रधानमन्त्री शेरबहादुर देउवाले कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याघटनाका दोषीलाई चाँडोभन्दा चाँडो पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ ।

बालिका पन्तको हत्या घटना भएको तीनवर्ष वितेको दिन पारेर प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई आइतवार बालुवाटारस्थित निवासमै बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।

‘निर्मला पन्तको हत्या भएको तीनवर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखसँग हत्या घटनाका सम्वन्धमा अहिलेसम्म भएको अनुसन्धान प्रगतिबारे जानकारी लिएको छु’ प्रधानमन्त्री देउवाले ट्वीट गर्दै चाँडोभन्दा चाँडो दोषीलाई पत्ता लगाई कारवाही गर्न निर्देशन दिनुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments