Mon. Sep 23rd, 2024

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री देउवालाई बधाई

काठमाण्डौं, २०७८ साउन ३ गते आईतबार । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।

संघीय संसदमा आज राती प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेलगत्तै प्रधानमन्त्रीमोदीले बधाई दिनुभएको हो । टुईट मार्फत प्राप्त सन्देशमा मोदीले देउवालाई सफल कार्यकालको लागि बधाइ दिनु भएको छ । साथै उहाँले सबै क्षेत्रमा सहकार्यका साथै जनता-जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा पनि व्यक्त गर्नुभएको छ ।

Facebook Comments