Mon. Sep 23rd, 2024

देउवा सरकारसँग तीन विषयमा काम गर्न राष्ट्रसंघ इच्छुक

काठमाण्डौं, २०७८ असार ३१ गते बिहीबार । संयुक्त राष्ट्रसंघले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा सरकारसँग काम गर्न इच्छुक रहेको बताएको छ ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवालाई संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयकी निर्देशक सारा बिसोलो न्यान्तीले बधाई दिँदै देउवा सरकारसँग तीन विषयमा काम गर्न इच्छुक रहेको बताउनु भएको हो।

उहाँले कोभिड-१९ महामारी, अल्पविकसित मुलुकबाट स्तरोन्नती र सन् २०३० मा दिगो विकास लक्ष्य हासिल गर्न नेपालसँग मिलेर काम गर्न राष्ट्रसंघ तयार रहेको बताउनु भएको छ।

सर्वोच्च अदालतले सोमबार संसद पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको थियो । सोही आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार राष्ट्रपतिमा नियुक्त गराउनु भएको थियो ।

Facebook Comments