Mon. Sep 23rd, 2024

‘जनादेशले होइन सर्वोच्चको परमादेशले बाहिरिँदैछु’

काठमाण्डौं, २०७८ असार २९ गते मंगलबार । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश नभई सर्वोच्चको परमादेशले बाहिरिन परेको बताउनुभएको छ ।

‘मेरो पक्षमा जनताको जनादेश थियो तर सर्वोच्चको परमादेशले विदा लिँदैछु’, आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मलाई चिन्ता छैन। मैले यसकारण पद छोडेको छु, मैले देशको समृद्धि र शुसासनलाई ध्यानमा राखेर काम गरेको छु ।’

उहाँले आफूले देश र जनताका साथ सम्पूर्ण निष्ठा र इमान्दारिताका काम गरेकोसमेत बताउनुभयो ।

‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले विकास, परिवर्तन र रूपान्तरणको अनुभूति गरेका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताले राहत महसुस गरेका छन् । त्यसकारण म आफ्नो कामप्रति खुसी छु । म ढुक्क छु । र, मलाई यसमा चिन्ता गर्नुपर्ने कारण छैन ।’

Facebook Comments