Thu. Sep 19th, 2024

एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

काठमाडौं, २०७८ असार २५ गते शुक्रबार ।  एसियन फुटबल फेडेरेसन (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू-२३ एसियन कप छनोटको समूह तालिकामा नेपाल समूह ‘बी’ मा परेको छ ।

एएफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गर्दा नेपाल ताजिकिस्तान, लेबनान र इरान सँगै समूह ‘बी’ मा रहेको छ ।

आगामी अक्टोबर २३ देखि ३१ सम्म ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेलमा नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै, दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

Facebook Comments