Fri. Sep 20th, 2024

नयाँ कोरोना भाइरसको स्रोतको खोजि राजनीतिक नियन्त्रणमा हुनुपर्दैन

काठमाडौं, २०७८ असार २४ गते बिहीबार । नयाँ कोरोना भाइरस फैलिएयता अमेरिकाले निरन्तर रुपमा “प्रयोगशालाको सोत”,“मानव निर्मित” आदि कुचेष्टाद्वारा चीनको बदनाम गर्दै आएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् । हाल अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर विभागलाई प्रयोगशालाबाट भाइरस चुहावटको अवधारणाका साथ छानबीन गर्न निर्देशन दिनुभएको छ। सर्वविदितै छ कि अमेरिकाको उक्त गतिविधिको निहितार्थ सिन्च्याङ्ग आदि समस्यामा चीनमाथि कालो धब्बा लगाउने सामान्य तरिका हो।

वास्तवमा अमेरिकाद्वारा खडा गरिएको यो प्रयोगशालाबाट चुहावटको धारणालाई अन्तर्राष्ट्रिय चिकित्सा तथा वैज्ञानिक क्षेत्रद्वारा इन्कार गरिसकिएको छ। यस वर्षको मार्चमा विश्व स्वास्थ्य संगठनले चीन-विश्व स्वास्थ्य संगठन भाइरसको स्रोत खोजीको संयुक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेअनुसार भाइरस प्रयोगशालाबाट निस्किएको भन्ने संभावना एकदमै कम छ। आत्म-परीक्षणको सट्टा अमेरिकाले यस समस्यालाई हाकाहाकी रुपमा खडा गरेको देखिन्छ। यो वैज्ञानिक समस्यालाई राजनीतिक नियन्त्रणमा राख्ने कुचेष्टा हो। सीआरआई

Facebook Comments