Thu. Sep 19th, 2024

यूएस ओपनका पूर्ब च्याम्पियनलाई दुई वर्षको कैद सजाय

काठमाडौं, २०७८ असार २४ गते बिहीबार । यूएस ओपनका पूर्ब च्याम्पियन एञ्जेल कब्रेरालाई दुई वर्षको कैद सजाय गरिएको छ । पूर्ब प्रेमिकासँग दुब्यर्वहार गरेको आरोपमा उहाँलाई दुई वर्षको कैद सजाय गरिएको हो ।

सन् २०१६ देखि २०१८ सम्म ५१ वर्षीय कब्रेरालाई कोर्डोबाको एक अदालतले प्रेमिका सेसिलिया टोरस मानासँग दुब्यर्वहार गरेको, धम्की दिएको आरोपमा दोषी ठहर गरेको हो । कब्रेराले भने आरोप अस्वीकार गर्नुभएको छ । उहाँको कानून ब्यवसायिले अदालती आदेशको पुनरावेदन गर्ने जनाएका छन् ।

बहसको क्रममा ३७ वर्षीय टोरस मानाले आफू बिरुद्ध हिंसा भएको दाबी गर्दा साक्षी समेत प्रस्तुत गर्नुभएको थियो । सुरक्षा क्यामेरामा देखिएको भिडियोमा समेत कब्रेराले मानालाई धम्क्याएको देखिएको छ ।

कब्रेराले सन् २००७ मा यूएस ओपन गल्फको उपाधि जित्नुभएको थियो । उहाँले टाइगर ऊड्स, जिम फुरिकलाई हराएर उपाधि हात पार्नुभएको थियो । गोरखापत्र अनलाईन

Facebook Comments