Mon. Sep 23rd, 2024

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतवार्षिकीको अवसरमा “जुलाई १ पदक” पहिलो पटक प्रदान गरियो

काठमाडौं, २०७८ असार १५ गते मंगलबार । चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पहिलो पटक पार्टीको सर्वोच्च सम्मान अर्थात् ‘जुलाई १ पदक’ प्रदान गरेको छ।

पुरस्कार वितरण समारोह जुलाई २९ तारिख बिहान जन वृहत्त सभा भवनमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पदक प्रदान गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

यसअघि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले सार्वजनिक गरेको समाचारका अनुसार, पार्टी र जनतालाई उच्च योगदान र मूल्यवान जीवन शक्ति प्रदान गरेका चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूलाई सम्मान गर्नु नै ‘जुलाई १ पदक’ को लक्ष्य रहेको छ र जम्मा गरी २९ जनाले ‘जुलाई १ पदक’ प्राप्त गरेका छन्। सीआरआई

Facebook Comments