Fri. Nov 15th, 2024

आन्तरिक उडान असार १७ गतेदेखि नियमित हुने, अन्तर्राष्ट्रिय उडान भोलिबाटै खुल्ने

काठमाडौं, २०७८ असार ९ गते बुधबार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको छ ।

मङ्गलवार (अस्ति) मन्त्रिपरिषद्ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु गर्न निर्णय गर्दै निर्णय कार्यान्वयन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएकाे थियो । त्यसपछि मन्त्रालयले आउँदो १७ गतेदेखि आन्तरिक उडान गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि गन्तव्य निश्चित हुने र नागरिक उड्डयन प्राधिकरणले उडानकाे समय तालिका र उडान सङ्ख्या निश्चित गरेलगत्तै आन्तरिक उडान सुरु हुनेछ ।

आन्तरिक उडानमा नाै वटा वायु सेवा कम्पनी छन् । कोरोना सङ्क्रमण बढेपछि गएको वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरिएको थियो ।

Facebook Comments