Sun. Sep 22nd, 2024

मध्यावधि चुनाव घोषणा र प्रतिनिधिसभा विघटनबारे राजनीतिक दलका नेता र संविधानविद्सँग सभामुख सापकोटा परामर्शमा

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफलमा रहनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुट्नु भएको हो ।

शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

“प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ,” न्यौपानेले भन्नुभयो । कान्तिपुर अनलाईन

Facebook Comments